राष्ट्रिय संगीत कर्मी संघ स्याङ्जाले राम्दी वृद्ध आश्रममा सांस्कृतिक कार्यक्रम सहित न्यानो कपडा प्रदान गर्ने कार्यक्रम आयोजना गर्दै

0

तुल्सी मिडिया ,पोखरा

राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्यसमिति स्याङ्जाले अशोज १८ गते स्यांग्जाको राम्दिमा रहेको र राम्दी वृद्ध आश्रममा न्यानो कपडा प्रदान गर्ने कार्यक्रम आयोजना गरेको छ ।उक्त कार्यक्रम फूलपातीको अवसर पारेर आयोजना गरिएको हो ।

एस अघि पनि राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्यसमिति स्याङ्जाले स्यांग्जाकै वृद्ध आश्रमहरुमा सहयोगको कार्यक्रम हरु आयोजना गरेको थियो ।मौसम परिबर्तन संगै जाडोको समय पनि सुरु हुने भएको हुदा वृद्धहरुलाई चिसो बाट जोगाउनु पर्छ भन्ने कुरालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।


राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्यसमिति स्याङ्जाका अध्यक्ष्य पूर्ण वाग्ले इतिहासले वृद्धहरुको सम्मान गर्नु पर्छ र हामि सबै सचेत नागरिक सामाजिक काममा लाग्नु पर्छ भन्दै उक्त कार्यक्रम मा सबैलाई उपस्थितिको निम्ती आग्रह गरे ।कार्यक्रम स्याङ्जा रेडियो र स्याङ्जा टेलिभिजनबाट प्रसारण हुने छ ।

Leave A Reply

Your email address will not be published.