रुपा गाउँपालिका – ७ पिप्ले ठुलबेशी कास्कीले भाद्र १५ गते खुल्ला तिज गित प्रतियोगिता आयोजना गर्दै
तुल्सी मिडिया
पोखरा,
नेपालीहरुको महान पर्ब हरितालिका तिज को अवसर पारेर श्री देउराली युवा क्लब रुपा गाउँपालिका , ७ पिप्ले ठुलबेशी कास्कीले भाद्र १५ गतेको दिन खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ ।
रुपा गाउँपालिका अध्यक्ष्य नबराज ओझाको प्रमुख आतिथ्यता,गाउँपालिका उपाध्यक्ष्य लाल सुब्बा गुरुङ्ग् र चर्चित गायिका सुमित्रा तामांगको बिशेष आतिथ्यतामा सम्पन्न हुन गैरहेको कार्यक्रममा नेवारी समुदाय द्वारा लाखे नाच पनि प्रदशनी गरिने छ ।
कार्यक्रममा तिज गित प्रतियोगिताको साथै बिबिध संस्कृतिक कार्यक्रम पनि हुदैछ । कार्यक्रममा चर्चित गायिका सुमित्रा तामांगको बेजोड प्रस्तुति रहने छ भने कार्यक्रमको संचालन चर्चित हास्यकालाकर एबम उद्घोषक बज्र राज अधिकारीले गर्ने भएका छन् ।
उक्त तिज गित कार्यक्रमको निर्णायक संयोजक मा उपेन्द्र गुरुङ्ग रहेका छन् साथै तिज गित गाउँदा मौलिकता लाइ जोड्नु पर्ने बताएका छन् ।