गायिका कला लम्सालको तीज गीत “पातली “मा टिकटक गरि हजारौ जित्ने अफर ! हेर्नुहोस

0

तुल्सी मिडिया
पोखरा,

नेपाली तिज गित हरु धमाधम बजारमा आइरहेको बेला बहुचर्चित गायिका कला लम्सालको तिज गित “पातली “ले निकै नै चर्चा बटुलेको छ ।उनको यो गित सामाजिक संजाल ,युटुब लगायत टिकटकमा भाइरल बनिरहेको छ ।

यसै बीच गायिका कला लम्सालको तिज गित “पातलिमा ” टिकटक बनाउनेलाई उत्कृष्ट पुरस्कारको ब्यबस्था गरियको छ । उनले भनिन “आजको टिक्टकको अभिनयले भोलिको स्थापित कलाकार बन्न सक्ने सम्भाबित कुरालाई लिएर “पातली ” गीतमा टिक्टक गर्नुहुने सम्पुर्ण लाई टिक्टक प्रतियोगिता आयोजना गरेको जानकारी गराउन चाहन्छु” ।
टिक्टक गर्नुहुने महानुभाबहरु मध्ये सबैभन्दा उत्कृष्ट हुनुहुने लाई प्रथम पुरस्कार स्वरुप रु :25000 बराबर को सारी, दितिय हुनेलाई रु: 15’000 बराबर को लेहेङा , अनि तृतीय हुनेलाई रु:5000 बराबर को कुर्ता सरवालको ब्यबस्था रहेको छ । कला भन्छिन ” यो बिसुद्द भाबनालाई सकारात्मक रुपमा लिदै यो अभियान मा सहभागि हुनुहुनेछ भन्ने अपेक्षाका साथ यहांहरुले सहभागिताका लागी मेरो अफिसियल टिक्टक आइ डि @kalalamsal31 मा गएर टिक्टक भिडियो फलो गरी , पातली गीत को चार वटा टुक्का मध्ये जुन सुकै टुक्का मा गर्न सक्नुहुनेछ”।

सह्भागिहरुले सारी लगाएको भिडियो लाई बिशेष प्राथमिकता दिएइनेछ। तीज नारी हरुको मात्र चाड भएको हुनाले यो प्रतियोगितामा नारीहरु मात्र सह्भागि गराइने , साथ साथै यस प्रतियोगिता को निर्णायक मण्डल मा पातली गीत का सम्पुर्ण युनिट रहनुहुने समेत ब्यहोरा जानकारी गराइएको छ ।
शिब हमालको लय तथा शब्द रहेको एस गीतमा करिश्मा ढकाल र कला लम्सालकै अभिनय रहेको छ ।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

Leave A Reply

Your email address will not be published.