सम्झना भण्डारी र सन्तोष पौडेलको तिज गीत “पाउमा लाउने पाउजु ” सार्बजनिक

0

तुल्सी मिडिया
पोखरा ,

                नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् । यसै बीच  गायक सन्तोष पौडेलको तिज गीत "पाउमा लाउने पाउजु " सार्बजनिक भएको छ ।

बहुचर्चित गायिका सम्झना भण्डारी र गायक सन्तोष पौडेल को स्वर रहेको एस गीतको लय तथा शब्द पनि सन्तोष कै रहेको छ ।एस गीतमा तीजमा हुने बिकृति र विसंगतिलाई प्रहार गरिएको छ ।

एस गीतको भिडियोमा अमुल्य अधिकारी ,कृष्ण आचार्य ,भावना लम्साल र सोफी धरेलले अभिनय गरेका छन् ।देबक थापाले निर्देशन गरेको एस गीतको भिडियोको छायांकन प्रविन केसीले गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका हुन् । आर पि स्टुडियोले दृश्य निर्माण गरेको यो गीत डिजिटल स्टारको युटुब च्यानल मार्फत प्रसारण गरिएको छ ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.