राष्ट्रिय संगीत कर्मी संघ, स्याङजा जील्ला कार्य समिति गठन

0


जेष्ठ ३१, पोखरा
गण्डकी प्रदेशको पहलमा राष्ट्रिय संगीत कर्मी संघ प्रदेश नं.४, स्याङजा जील्ला कार्य समिति गठन गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको फेवामार्ग, जिरो कि.मि.मा अवस्थित दुरान रेष्टुरेण्ट एण्ड थकाली भान्छा घरमा जील्ला बासी सम्पूर्ण संगितप्रेमि व्यक्तिहरुको उपस्थीती समावेसी रुपमा कार्य समिति गठन भएको छ । जसमा अध्यक्षमा पूर्ण वाग्ले (इतिहास), वरिष्ठ उपाध्यक्ष पवीत्रा काफ्ले, सचिव सुरज रेग्मी, सहसचिव प्रदिप गाउँले, कोषाध्यक्ष सागर खनाल, सह–कोसाध्यक्ष इसा वाग्ले, सदस्यहरु ः सवु वाग्ले, रीतु संगीत प्रमी, भुमी जंग रेग्मी, सान्ती थापा, सरिता वाग्ले रहनुभएको छ । केन्द्रिय सदस्य लक्ष्मण ढकालको उपस्थितिमा अध्यक्ष यज्ञ सापकोटा तथा कार्यक्र संचालन सचिव टंक डुम्रे संचालन सदस्य शंकर ढकालले गर्नुभएको रिपोटर प्रविन के.सीज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.