बहुचर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको मौलिक गीत “बाडुल्की” सार्वजनिक

0

तुल्सी मिडिया,
पोखरा

नेपाली लोक संगीतले बजार तातिरहेको बेलामा फेरी अर्को बजार तताउने मौलिक गीत सार्बजनिक भएको छ ।
बहुचर्चित गायक खुमन अधिकारी र रमिला न्यौपाने को आवाजमा नयाँ गीत “बाडुल्की” सार्वजनिक भएको छ । खुमन र रमिलाको जोडि नेपाली सांगीतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ । पछिल्लो समय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन ।

दर्शक श्रोताको मन मुटुमा बस्न सफल सो जोडिको गीत बाडुल्कि मा शब्द सिर्जना बाबुराम बोहोराको रहेको छ भने गीतको संगीत खुमन अधिकारि कै रहेको छ।

पछिल्लो समयका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा सुन्दरी मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ।

तिर्सना म्युजिक प्रा।लिको पस्तुतीमा तयार भएको सो गीत भिडियो लाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन ।
भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.