कानुनि शिक्षाको आबस्यकता बिषयक कार्यक्रम पोखरामा सम्पन्न
पोखरा , जेठ १७ ।
भानुभक्त आबासीय माध्यामिक बिध्यालय पोखरा १ सिम्पानिले शैक्षिक सत्र २०७६-७७ देखि कक्षा ११ र १२ मा कानुन संकाय संचालन गर्ने लागेको पुर्ब सन्ध्यामा कानुनि शिक्षाको आबस्यकता बिषयक कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख बक्ता पुर्ब महान्यायाधिवक्ता तथा प्राध्यापक डा.युबराज संग्रौलाले कानुन बिषयको लागि तिन वटै तहले चासो लिन पर्ने बताउनुभयो ।बिद्यालय पनि प्रदेश ले नै संचालन गरे अझै राम्रो हुने बताउनुभयो वंहाले ११ -१२ को लागि चाहिने पाठ्य पुस्तक तथा शिक्षक जति सकिन्छ ब्यबस्था गरिदिने जानकारी गराउनुभयो ।
SEE दिएर बसेका र कानुनि क्षेत्रमा प्रवेश गर्न चाहने बिद्यार्थी ,विद्यार्थीका अबिभाबक लगायतको कार्यक्रममा उपस्थिति थियो ।कास्की प्याब्सनका अध्यक्ष प्रेम सुबेदी काठमाण्डौ स्कुल अफ ल का बिद्यार्थी सुदिप राज घिमिरे र सुनिता गुरुङले मन्तब्य व्यक्त गरेका थिए ।भानुभक्त आबासीय माबिका प्रिन्सिपल दिनेश कुमार लामिछानेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन दवाडीले धन्यबाद सहित कार्यक्रमको समापान गर्नुभयो ।