सम्झना भण्डारी र शिरिष देवकोटाको मार्मिक गीत “छोरो अमेरिका छ” उत्कृष्ट

0

तुल्सी मिडिया,पोखरा

सामाजिक यथार्थता बोकेको अत्यन्तै मार्मिक शब्दले भरिएको “छोरो अमेरिका छ” बोलको गीत सार्बजनिक भएको छ । गीत बिमोचन कार्यक्रम श्रम, रोजगार तथा सुरक्षा मन्त्रि गोकर्ण बिस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

शिरिष देवकोटा र सम्झना भण्डारीको सुमधुर स्वरमा बनेको एस गीतमा रमेश बिजीको शब्द रहेको छ भने लय शिरिष देवकोटाकै रहेको छ ।गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिक जंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा। ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय रहेको छ ।
प्रकाश भट्टले निर्देशन गरेको एस गीतको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.