गायिका अनिता पन्तको गीत “मोयाकै नाम प्यारो” सार्बजनिक
तुल्सी मिडिया,पोखरा
पछिल्लो समयमा बजारमा आएका नेपाली लोक दोहोरीहरु गीतहरुले राम्रै चर्चा कमाइरहेका छन् ।यसै बीच फेरी अर्को बजार तताउने गीत बजारमा आएको छ ।
गायिका अनिता पन्तको गीत “मोयाकै नाम प्यारो” पोखरामा बिमोचन सहित सार्बजनिक भएको छ । रमेश बाबु थापाको लय तथा शब्द रहेको यस गीतमा गायिका अनिता पन्त र गायक रमेश बाबु थापाकै स्वर रहेको छ।यस गीतको भिडियोमा रमेश बाबु थापा र सुप्रियाको अभिनय रहेको छ ।
प्रकाश भट्टले निर्देशन गरेको येस गीतको छायांकन राजेश घिमिरेले गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।यो गीत गायक तथा सर्जक शिव हमालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।
भिडियो हेर्नुहोस :