लमजुङ, सिङदीमा सती घाँटु

0

हुम बहादुर चाक्ली तमु
पेखरा

बैशाख शुक्ल पूर्णिमाको अवसरमा क्वोलासोंथर गाउँपालिका–७, सिङदी, लमजुङ र जिल्लाका गुरुङ्ग गाउँहरमा घाँटु नाचको प्रदर्शन गरिएको छ । स्थानीयले आफ्नो समय मिलाएर अनुकुल मिलायर नाच्ने गर्छन् । घाँटु नच विछोडिने कथामा आधारित छ । सती घाटु बैशाख शुक्ला पूर्णिमा तीन दिन नाचेर विसर्जन गर्ने परम्पारा रहेकोछ । मुलत घाँटु नाच तीन प्रकारको हुन्छ । सती, कुसुण्डा र बाहै मासे नामले चिनिन्छ । घाँटु नाचमा सती नाच विशेष प्रकारको हुन्छ । सती घाँटु श्रीपञ्चमीका दिन नयाँ घाटुनीहरुलाई सिकाई फुर्सदको बेलमा नाची बैशाख शुक्ला पूर्णिमाका दिन नाची विशर्जन गरिन्छ । यो नाँच प्राय लोप भैैसकेको अवस्थामा छ । लमजुङको गुरुङ्ग गाउँहरुमा भने अझै यो सती घाटु नाच नाचिरहेको अवस्था छ ।


त्यस्तै सिङदी गाउँमा पनि सदियौ देखी नाच्दै आईरहेको सती घाँटु नाच आफ्नो संस्कृती, भाषा, भेषभुषालाई संरक्षण तथा गाउँको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रदर्शन गरिएको हो । घाटुमा नृत्य गर्ने तथा गुरुहरु चोखोनिष्ट भएर बस्नुपर्ने हुन्छ । घाटु विसर्जन नभएसम्म नुनिलो पदार्थ खाना नहुने तथा अन्य फलफुलहरु खाएर बस्नुपर्ने घाटु नाचका गुरु सिरकुमारी गुरुङ्गले जानकारी गराउनुभएको छ । घाटु नाचका लागि साना नानीहरुलाई घरमा गयी अविभावकहरु संग सल्लाह गरि सोही अनुरुप नाच्ने चलन रहेको बताउनुभएको छ । घाटु नाच्ने घाटु श्री आफुलाई अनुकुल हुने समय मिलायर घाटु विसर्जन गर्ने गर्नेछ । विसर्जन गर्ने बेला विजोड बर्षको रुपमा घाटु विसर्जन गर्न सकिनेछ । आफुले १५ बर्ष नाचेर छोडेको बताउनुभएको छ । नयाँ पिडिले भने ५ देखी ७ वर्ष सम्म बर्ष सम्म मात्र गरेको अनुभा सुनाउनुभएको छ । त्यस्तै हाल हिमालय मा.वि कक्षा ९ की १४ बर्षिय इशा गुरुङ्ग र संगिता गुरुङ्ग ३ बर्ष अघिदेखी नाच्दै आएको बताउनुभएको छ ।


सती घाटुमा घाटुश्री लठ्ठीएर आँखा बन्दा गरी नाच्ने गर्दछ । त्यसपछि गुरुहरुले गितको माध्यमबाट आँखा खोलीदिने गर्नुहुन्छ । सवै घाटुश्रीमा यो लठ्ठीने प्रकृया लागु हुनेछैन । देवीको बास भएमा लठ्ठीने तथा अचेत अवस्था हुने र गुरुहरुले विभिन्न देवीहरुलाई पूज्दै गित जोड्दै जाँदा जुन देवीको बास हुन्छ त्यही देवीको नाममा रोकिने जनविश्वासर रहेको छ ।
वियोगान्तमा आधारीत यो परशुर राजा र यम्फावती रानी जनु राजाको मृत्य पश्चात आफु राजाको प्रेममा पागल भएकाले सती गएको आधार मानी घाटु नाच्दै आईरहेको छ । गुरुङ्ग समुदायमा घाटु नाच प्रचलित रहदै आईरहेकोमा गुरुङ्ग समुदायसंग इतिहाँस तथा भाषा आदिमा घाटु संग सम्बन्धी शब्द आदि केही मेल नाखाने बुझिन्छ । तर पनि गुरुङ्ग समुदायले परम्परालाई निरन्तरता दिदै आईरहेको छ । यही आधारले विकासका पूर्वधारहरुमा टेवा पुगोस भन्ने हेतुले संस्कृतिलाई निरन्तरता दिएका पाइन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक बनाउन बाह्रमासे घाटु द्धारा मनोरन्जन दिर्दै आइरहेको छ । पर्यटकहरुको सहज तथा सुविधाकोे लागि होमस्टेको व्यवस्था अगाडी बढीरहेको जानकारी गराउनुभएको छ । गाउँमा पर्यटक आउदा परम्परा, संस्कृति बाह्रमासे घाटु जुनसुकै बेला पनि देखाउन सकिने छ भते सती घाटु श्री पञ्चमी देखी बैशाख पूर्णिमा सम्म मात्र नाचिने संयोजक श्री टंक प्रसाद गुरुङ्गज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.