कोन्मै /घोथाने गुरुङ समाज हङकङको वार्षिक कार्यक्रम सम्पन्न
हङकङ –
कोन्मै/ घोथाने गुरुङ समाज हङकङको प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको छ । कोन्मै /घोथाने गुरुङ समाजको आयोजनामा भएको साे कार्यक्रममा हङकङबासि क्वाेने हरुले शुभकामना आदनप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएका छन् । कार्यक्रमको , प्रमुख अतिथिमा सुवेदार मेजर तेज बहादुर क्वाेने ले गर्नुभएकाे थियाे भने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्यामप्रसाद क्वाेने ले गरेका थिए । यस्तै, बिशेष अथितिमा अधिवेसन संयोजक तथा संस्थाका सल्लाहकार कृष्णप्रसाद क्वाेने , अधिवेशन संयाेजक सदस्य ,संस्था का सल्लाहकार तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वाेने ‘मिलन’, अधिवेशन संयोजक तथा संस्थाका सल्लाहकार राजु क्वाेने , सल्लाहकार तथा ग्राण्डमास्टर तुल्सी क्वाेने , तमु ट्हाे ह्युल हङकङका अध्यक्ष विजय तमु , तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमु, तमु समाज हङकङका अध्यक्ष कोमल तमु (स्याङ्जाली कान्छा ), आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष मनोज क्वाेने , देउपुर देउराली समाज हङकङका अध्यक्ष उदय क्वाेने , पञ्चासे सेवा समिति हङकङ का अध्यक्ष कुमार क्वाेने तथा अन्य सल्लाहकारहरु तथा क्वाेने दाजुभाई तथा दिदीबहिनी ज्वाइँ भान्जाभान्जी , नातानातिनि हरुमाे को विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि र अध्यक्ष ले पितृलाई पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा नेपाल तथा हङकङको सामाजिक विकासमा विशेष योगदान पु¥याउँनुहुने क्वाेने दाजुभाई तथा दिदीबहिनी हरुलाई सम्मान पनि गरिएको थियो । सामाजिक क्षेत्र विकासमा मुख्य भुमिका खेलेर सम्मानित हुनेमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वाेने ‘मिलन’, खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएर सम्मानित हुनेमा ग्रान्ड मास्टर तुल्सि क्वाेने , हङकङ मा लामो समय टि बि एम को रुपमा कार्यरत रघु क्वाेने ‘कमल’ सम्मानित भएका थिए र यस्तै, सेकेन्डरी लेभलमा राम्रो अंक ल्याएर उतिर्ण भएको भन्दै एन्जिला क्वाेने लाई सम्मानित गरिएको थियो अन्तमा संथाका बारेमा अध्यक्ष श्याम प्रसाद क्वाेने ले बाेल्नुभएकाे थियाे भने बिशेष अथिततिहरुले शुभकामना मन्तब्य दिनुभएको थियाे अन्तमा विविध साँस्कृतिक कार्यक्रम तथा आकर्षक पुरस्कार सहितको लक्कि ड्र कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष भक्तबहादुर क्वाेने ले स्वागत मन्तव्य दिएर अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन हरि क्वाेने ले गरेका थिए । कार्यक्रम ब्लु ओसन रेष्टुरेन्ट एन्ड बार जोर्डनमा भएको थियो ।