गुरुङ्ग (मातृ) भाषा तथा लिपि प्रवद्र्धन तालिम
हुम बहादुर च्ह्याक्ली तमु
बैशाख २८, पोखरा
प्ये म्हस्याा छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु लहु म्हस्या म्हि म्हमु भन्ने मुल नाराका साथ आफ्नो मातृभाषालाई संरक्षण एवं प्रबद्र्धन गर्र्ने उद्देश्यले तमु प्येल्हु संघ केन्द्रिय समिति, पोखरा–११, फ.लि.ना क्होइवो, रानीपौवा ले पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा ३ दिवसीय गुरुङ्ग भाषा तथा लिपि प्रबद्र्धन तालिम आयोजना गरिएको छ । तालिममा पेल्हु संघका केन्द्रिय महिला समिति, तमु पेल्हु संघ कास्की जिल्ला महिला समिति प्येल्हुमा आवद्ध पोखरामा रहेका १७ वटा तमुसमाजको महिला प्रतिनिधिहरु करिव ७५ जनाको सहभागितामा तालिम प्रशिक्षण भईरहेको छ । प्रशिक्षक श्री खड्क प्हच्यु तमु, श्री कन्चन ल्हेगे तमु, तेज च्ह्याक्ली तमु, शान्ति पर्जु तमु, बुद्धि प्रसाद च्हम्रु तमु द्धारा तालिम प्रशिक्षण भईरहेको छ । तमु भाषा महत्व र प्रबर्दन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको छ ।
बर्तमानमा लिपिलाई आधार मानि तमु जातिको भाषाको उत्पत्ति ,बिकास र बर्तमान अवस्थाको बिसयमा विभिन्न तमु भाषा प्रशिक्षण अभियान चलिरहेको छ । भाषा लिपि वि.सं २०१६ सालबाट अध्यायन अनुसन्धान सुरु भई २०२२ सालमा श्री पिम बहादुर गुरुङ्ग ज्यूले सम्पन्न गर्नुभएको थियो । त्यसपछि त्यही लिपि अध्ययन भईरहेको छ । त्यसपछि उहाँले १५, २० बर्ष पछि बाल नर्सिह गुरुङ्गलाई चेला बनाई प्रशिक्षण गराउनुभएको छ । चेला बालनर्सिह गुरुङ्गद्धारा पनि अहिलेको लिपि अभियान्ता श्री भिम गुरुङ्गलाई प्रशिक्षार्थी बनाउनुभएको थियो । अहिले विभिन्न ठाउँहरुमा यो भाषा लिपि प्रशिक्षाण भईरहेको छ तर पछिल्ला समयमा भने सुरुमा भएको लिपी भने केही परिमार्जन भएको कुरा पिम बहादुर गुरुङ्गको छोरा श्री यिमन गुरुङ्गले बताउनुभएको छ ।