लोकप्रिय गायक केशब घिमिरे को “हासेकै सुहाउछ” बजार मा
तुल्सी मिडिया ,पोखरा
लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले लोकदोहोरी गित ‘हासेकै सुहाउछ’ बजार मा ल्याएका छन। उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा .लि रहेको सो गित मा केशब घिमिरे कै शब्द ,लय तथा स्वर रहेको छ भने पुर्ण कला बिसि ले स्वर मा साथ दिएकी छ्न ।
दुर्गा पौडेल को छायांकन ,शिव परियार को निर्देशन ,नवीन घर्ती मगर को सम्पादन , एडभेन्चर इन्टरटेनमेन्ट को दृश्य निर्माण रहेको गित लाइ Chandan Music Youtub च्यानल मार्फत हेर्न सकिने छ भने गित मा दिपक पोखरेल र मुना थापा को उत्कृष्ट नृत्य तथा अभियान देख्न सकिने छ।
पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १६-१७ बर्ष देखि पोखरा मै बसेर साङीतिक क्षेत्र मा निरन्तर लागिरहेका छन। १५० भन्दा बढी गीत बजार ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै यो गित हासेकै सुहाउछ ले पनि सफलता पाओस हाम्रो हार्दिक शुभकामना ।।