फेसबुक ग्रुप द्धारा छात्राहरुलाई रजस्वला बारे चेतना तथा प्याड बितरण

0

हुम बहादुर चाक्ली तमु
बैशाख १६, पोखरा
पोखरा महानगरपालिका वडा नं १७ बाघमारामा अवस्थित शिशु कल्याण निम्न माध्यमिक विद्यालय हामी गर्न सक्छौ सहयोगी हातहरु we can do helping hands (WCDHH) अध्यानरत ५ देखी १० कक्षा सम्मका छात्राहरुलाई रजस्वाला (Mensuration) बारे सचेताना कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा छात्राहरुलाई पाहिलो चोटिको अवस्था तथा यस्तो अवस्थामा आफुलाई कसरी सुरक्षीत हुने सरसफाई कसरी गर्ने आदि बारे जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुण छात्राहरुलाई प्याड वितरण गरेको थियो भने करिव ३० जना छात्राहरुको सहभागितामा एलिसा आचार्य, इन्दु खनालले सचेताना तथा जानकारी गराउनुभएको थियो भने सोम अधिकारी ग्रुपको बारेमा ग्रुपले विभिन्न सामाजिक सेवामुलक कामहरु गर्दै आईरहेको छ, यस्तै भोलीका दिनमा पनि यस्तै सेवामुलक तथा चेतनामुलक कामहरु गरिरहने जानकारी गराउनुभएको ग्रुपका उपाध्यक्ष जिवन आचार्यले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.