एम. ए. समाजशास्त्रका नव आगन्तुक विद्यार्थीलाई स्वागत

0

पोखरा, १३ वैशाख

पृथ्वीनारायण क्याम्पस, समाजशास्त्र स्नातकोत्तर प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीलाई एक कार्यक्रमको बीच शुक्रबार स्वागत गरिएको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका विद्यार्थीहरुले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी समाजशास्त्र तथा ग्रामिण विकासका कार्यक्रमका विभाग प्रमुख प्रा.डा. विश्वकल्याण पराजुली, विशेष अतिथी विद्यार्थी कल्याणकारी शाखा प्रमुख नेत्र नारायण पौडेल, मानवशास्त्र संकायका विभागीय प्रमुख जनार्धन बास्तोला, प्रध्यापकहरु मुकुन्द लम्साल, डा.शुक्रराज अधिकारी, डा. रामचन्द्र बराल, तेज सुवेदी, शंकर पौडेल, शिव थापा, शान्ता खत्री लगायतको उपस्थिति रहेको थियो ।

मनतव्य राख्दै प्रमुख अतिथि विश्वकल्याण पराजुलीले विद्यार्थीहरु आफ्नो सम्पत्ति भएको आफ्नो लगानी सधैभरी विद्यार्थीको हितमा रहिरहने जनाउनु भयो । प्रध्यापक मुकुन्द लम्सालले अरुले घर, गाडी, घडेरी लगायत सम्पत्ती देखाउँछन् आफ्नो जीवनको उपलब्धी भनेर म मेरा विद्यार्थी देखाउँछु भनेर बताउनु भयो । विद्यार्थी जुनादेवी पुन, सरीता पौडेल, रमेश लिगलले तेस्रो सेमेष्टरबाट र बेद बहादुर विष्ट, साजन गुरुङले प्रथम सेमेष्टरबाट आफ्ना अनुभवको आदान प्रदान गर्नुभयो । विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मिन प्रसाद तिवारीले स्वागत मन्तव्य, गणेश परियार र सन्तोष बरालले स्वागत गीत र कार्यक्रम सञ्चालन मोनिका पौडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.