सकारात्मक सोच र जिउने कला सम्बन्धि प्रशिक्षण कार्यक्रम

0

पोखरा, वैशाख ८ ।

हङकङ ब्युटी ईन्स्टिच्युट तथा क्लारा इन्टरनेशनल कलेज महेन्द्रपुलको आयोजनामा आइतबार सकारात्मक सोच र जिउने कला सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त मोटिभेशनल स्पिकर, वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हाकुमार राजु घलेले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षक घलेले सहभागीहरुलाई आजकल मानिसमा सब चिज छ तर खुसी र सुख छैन कारण मनमा जहिले पनि नकारात्मक विचार उत्पन्न हुन्छ भन्दै नकारात्मक विचारले दुखि बनाउने हुदा तनाव व्यवस्थापन र कमजोर संकल्पलाई त्याग्न सके मानिसले खुसी र सुख प्राप्त गरी जीवनमा सफलता प्राप्त गर्न सक्ने बताउनुभयो । प्रशिक्षक घलेले अहिलेका बालबच्चाहरुमा असल संस्कारको कमी रहेको हुदा उनीहरुलाई असल संस्कार दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । गण्डकी प्रदेश सांसद मिना गुरुङले आफुले प्राप्त गरेको भत्ता वापत रकमबाट यो प्रशिक्षण संचालन गर्नुभएको हो । शनिवार पनि उहाले पोखरा विरौटा स्थित आशाको साथी नामक पुनस्थापना केन्द्रमा प्रशिक्षण आयोजना गर्नुभएको थियो । सांसद गुरुङले आफुले प्राप्त गरेको भत्ता वापत रकम सामाजिक कार्यहरुमा नै खर्च गर्दै आएको बताउनुभयो । कार्यक्रममा हङकङ ब्युटी ईन्स्टिच्युट तथा क्लारा इन्टरनेशनल कलेजका विद्यार्थी, लायन्स क्लव अफ पोखरा सेन्टेनियलका पदाधिकारी तथा सदस्यहरु, उद्यमी महिलाहरु लगायत गरी करिव २ सय जनाको सहभागिता रहेको थियो । प्रशिक्षण अत्यन्तै फलदायी र उपलब्धीमुलक भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरे । सोमबार रानिपौवा स्थित राम मन्दिरमा सकारात्मक सोच र जिउने कला सम्बन्धि प्रशिक्षण राखिएको पनि सांसद गुरुङले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.