अखिल फोर्स पृथ्बी नारायण क्याम्पसको “एकल नृत्य प्रतियोगिता” कार्यक्रम सम्पन्न
तुल्सी मिडिया ,पोखरा
अनेरास्ववियु अखिल फोर्स पृथ्बी नारायण क्याम्पस कमिटीले नब बर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना सहित एकल नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा ३० प्रतियोगीले प्रतिश्पर्दा गरेका थिय जसमध्य कन्या क्याम्पसकी अन्जु मगरले प्रथम स्थान ,करुणानिधि एडुकेशन फाउन्डेशनकी सुहाना खत्रीले दित्तीय स्थान,सिर्जना बोर्डीङ्ग स्कुलकी सुस्मिता पौडेलले तृतीय स्थान ,पृथ्बी नारायण क्याम्पसकी अस्मिता पुर्जाले सान्त्वना स्थान हासिल गरेकी छन् । प्रथम हुनेलाई रु ८,००० र प्रमाण पत्र ,दित्तीय हुनेलाई रु ५,००० र प्रमाण पत्र,तृतीय हुनेलाई ३,००० र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु १,००० र प्रमाण पत्रको व्यवस्था गरियको थियो ।
त्रिभुवन बिश्व बिद्धयालय केन्द्रिय क्याम्पसका पूर्व स्ववियु सभापति,अनेरास्ववियु पूर्व केन्द्रिय महासचिब ,नेकपा एमाले पूर्व पोलिटब्युरो सदस्य तथा हाल नेकपा केन्द्रिय सदस्य जगन्नाथ खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथिको रुपमा स्वतन्त्र बिध्यार्थी युनियन पृथ्बी नारायण क्याम्पसका पूर्व सभापति,नेकपाका युवा नेता शोभियत ढकाल, अतिथिहरु युवा संघ नेपालका केन्द्रिय उपाध्क्ष्य माधब बाँस्तोला,युवा संघ नेपालका केन्द्रिय सचिब पूर्ण लामा,अनेरास्ववियु केन्द्रिय सचिब सुदेश पराजुली,युवा संघ नेपालका केन्द्रिय सदस्य ठाकुर शर्मा पौडेल ,स्ववियु पृथ्बी नारायण क्याम्पसका पूर्व उपसभापति तथा अनेरास्ववियु पूर्व केन्द्रिय सदस्य शुशिल बस्नेत,अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि कास्कीका अध्यक्ष्य बिबेक देवकोटा,अनेरास्ववियु क्याम्पस जिल्ला कमिटि कास्कीका उपाध्यक्ष्य शंकर सैंजु,अनेरास्ववियु पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य राजन शर्मा पराजुली,अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी अखिल फोर्सका अध्यक्ष्य आदिम धोज श्रेष्ठ ,अनेरास्ववियु क्रान्तिकारी पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य बसन्त भट्टचनको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ खतिवडाले अबको बिद्ध्यार्थी आन्दोलन बैचारिक,सृजनात्मक,र रचनात्मक हिसाबले अघि बढ्ने र पार्टी र सरकारको सहि कामलाई समर्थन र गलत कामको बिरोध गर्दै अघि बढ्नुपर्ने पर्ने बताउनु भयो ।कार्यक्रममा बिशेष अतिथि शोभियत ढकाल ,सुदेश पराजुली लगायतले बोल्नु भएको थियो ।अखिल फोर्सले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा निर्णायकको भूमिकामा जनसांस्कृतिक मंच गण्डकी प्रदेशका इन्चार्ज एबम पृथ्बी नारायण क्याम्पस पूर्व कोषाध्यक्ष्य मनकुमार श्रेष्ठ,नृत्य निर्देशक उपेन्द्र गुरुङ ,कुमार तामांग रहनुभएको थियो ।
अखिल फोर्स पृथ्बी नारायण क्याम्पसका अध्यक्ष्य दिनेश ढुंगानाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रम सचिब बज्रराज अधिकारीले संचालन गर्नु भएको थियो ।