अखिल फोर्स पृथ्बी नारायण क्याम्पसले ‘एकल नृत्य प्रतियोगिता’ गर्दै

0

तुल्सी मिडिया,पोखरा

नव बर्ष २०७६ को पावन अबसरमा अखिल फोर्स पृथ्बी नारायण क्याम्पसले ‘एकल नृत्य प्रतियोगिता’ गर्दै कार्यक्रमको आयोजना गरेको छ।एकल नृत्य प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार रु ८,००० र प्रमाण पत्र ,दित्तीय हुनेलाई रु ५,००० र प्रमाण पत्र,तित्तीय हुनेलाई रु ३००० र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु १००० र प्रमाण पत्र रहेको छ ।

अनेरास्वबियु पूर्व केन्द्रीय महासचिब एबम नेकपा एमाले पूर्व पोलिटब्युरो सदस्य एबम नेकपा केन्द्रीय सदस्य कमरेड जगन्नाथ खतिवडा को प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा अनेरास्वबियु पूर्व केन्द्रिय नेता तथा नेकपाका युवा नेता कमरेड सोभियत ढकालको बिशेष आतिथ्यता रहने छ ।

कार्यक्रम बैशाख ८ गते आइतबार बिहान ८ बजे देखि छात्रबिश्राम गृह पृथ्बी नारायण क्याम्पसमा सुरु हुने छ ।

Leave A Reply

Your email address will not be published.