पोखरा बुढिबजारको, घैंटेखोरमा खुल्ला पुरुष भलिबल सुरु

0

चैत्र २८, पोखरा । हुम बहादुर च्हाक्ली तमु
स्याङजाली तमु समाज पोखरा–२६ ले चैते दशैंको अवसरमा आयोजना गरेको चैते दशैं मेला एवं खुल्ला पुरुष भलिबल प्रतियोगिताको उत्घाटन गरी विहिबार खेल शुरु भएको छ ।
औपचारी कार्यक्रम गरी प्रमुख अतिथि स्याङ्गजाली तमु समाजका अध्यक्ष श्री मोहन प्रसाद गुरुङ्गज्यु राष्ट्रिय भलिबल रेफ्रीहरुलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा क्लबले गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै समाजमा रहेको विकृति र विसंगतिमुक्त समाज निर्माणमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
मेलाको अवसरमा आयोजना गरिएको भलिवल प्रतियोगिताको पहिलो दिन २ खेल सम्पन्न भएका छन । भिरचोक युवा क्लव र आयोजक समर जुन युवा क्लव ‘द्य” विच भएको पहिलो खेलमा भिरचोक युवा क्लवले २–० को साझो सेटमा आयोजक समरजङ्ग युवा क्लव ‘द्य’ लाई हराएको छ ।

यस्तै विहिबार नै लामतारा युवा क्लव, रिट्ठेपानी र सात ताल चेतनशिल युवा क्लव घैंटेखोर विच भएको दोश्रो खेलमा लामतारा युवा क्लवले २–० को सोझो सेटमा चेतनशिल युवा क्लवलाई हराएको छ ।

प्रतियोगिता अन्र्तगत शुक्रवार पहिलो खेल आयोजक क्लव समर जुन ‘ब्’ र भिरचोक युथ क्लव, दोश्रो खेल मालागीरि र गोख क्लवविच विच खेल हुने आयोजकले जनाएको छ । चैत्र ३० गतेसम्म हुने मेलामा प्रतियोगिताको उपाधि जित्ने विजेताले नगद ५० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टिमले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा वेष्ट प्लेयर, वेष्ट स्पाईकर, वेष्ट डिफेन्डर र अनुशासित टिमलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक विरधन गुरुङले जानकारी दिएका छन ।
मेलामा शुक्रबार बाट विभिन्न साँस्कृतिक कार्यक्रम पनि हुने संयोजक विरधन गुरुङले जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.