तमु भाषाको खेमा लिपी प्रशिक्षण पोखरामा

0

२०७५ चैत्र २२ पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)

पोखरा तमु ह्युल छोँज धीँ (गुरुङ्ग राष्ट्रिय परिषद) ४ नं प्रदेश, नेपालको आयोजनामा दुई दिने खेमा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७५ चैत्र २२ देखी २३ गते पोखराको सिर्जनाचोकमा अवस्थित साईमन पार्टीप्यालेसमा सम्पन्न भएको छ । अहिले सम्म तमुहरुले बोलीने मातृभाषा बोली मात्र सिमित रहेकोले हिजोको दिनमा जति तमुभाष बोलिन्थ्यो आज त्यती छैन भोलीका दिनमा नहुन पनि सक्छ । यहि अवस्थालाई मध्यनजर गर्दै तमु ह्युल छोँज धीँले तमुको मातृभाषालाई संरक्षण तथा विकास गर्न हो । तमु भाषाको शब्दहरु उच्चारण गर्न सक्ने तथा लेख्न सक्ने बनाई जुनसुकैले पनि सहज रुपमा बुुझन सक्ने तथा भविष्यमा तमु मातृभाषालाई कायम राख्ने सम्भवता सम्पूर्ण तमुहरुलाई मातृभाषा बोल्न लेख्न सिकाउने मुख्य उद्देश्यले हो । प्रशिक्षण कार्यक्रममा ४ नं प्रदेश का ११ ओटा जिल्लाका छाँेज धीँका पदाधिकारीहरु करिब ५० जनाको सहभागितामा प्रशिक्षक भिम गुरुङ्ग ज्युले प्रशिक्षण गराउनुभएको थियो ।
समापन कार्यक्रमा उपस्थित अतिथिहरुद्धारा भाषालाई संरक्षण तथा युवा वर्गहरुमा लच्क्षीतमा जोड दिनुपर्ने बताउनुभएको थिए । तमु भाषा लिपिलाई राष्ट्रिय लिपिका रुपमा पारित गरी राष्ट्रि भाषा आयोगमा दर्ता गरी अघि बढिरहेको छ । आजको प्रशिक्षणले भोलीका दिनमा जिल्लालाई केन्द्रित गरि प्रशिक्षण गराई सम्पूर्ण तमुहरुलाई सिकाई तमु भाषा (मातृभाषा) लाई दक्ष बनाई भाषा संरक्षण गराउनु लक्ष्य रहेको तमु ह्युल छोँज धीँका उपाध्यक्ष श्री दिल माया गुरुङ्ग ज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.