गाबु झागडी–पोखरा सम्पर्क मञ्चको प्रथम भेलाले नयाँ कार्यसमिति चयन

0

16 Chaitra 2075, Pokhara

हुम बहादुर च्हाक्ली (Hum Gurung)

स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं २ को ४ नं. टोल गाबु झागडी–पोखरा सम्पर्क मञ्चले पोखरामा छरिएर रहेका तथा रोजगारिको शिलशिलमा पोखरामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नहुने सम्पूणलाई एक आपसमा मेलमिलाप, मानवियता कायम गर्ने, गाउँको साँस्कृतिक तथा भौतिक विकासमा सहयोग गर्ने, असाहय, दिनदुखी लाई सहयोग गर्ने उद्देश्यले पोखरा महानगरपालिका–१०, मिलन टोल समाज घर आज बृहत भेला सम्पन्न भएको छ । भेलामा पहिला गठन गरिएको तदर्थ समितिलाई भंग गरि पूर्ण रुपको समिति चयन गरिएको छ । प्रमुख अतिथि समाज सेवि, बुद्धिजिबि, बयवृद्ध श्री माकान सिं गुरुङ्गको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरिएको थियो । भेलामा पहिला गठन गरिएको तदर्थ समितिले गरेका सम्पूण आर्थिक गतिविधिहरु कोषध्यक्ष श्री देवी गुरुले प्रस्तुत गर्नुभएको थियो भने मञ्चले अहिलेसम्म गरेको गतिविधि मञ्चका संयोजक, भेलाका अध्यक्ष श्री हुम बहादुर गुरुङले प्रस्तुत गरि उक्त तदर्थ समिति भंग भएको घोषण गरि औपचारी कार्यक्रम समापन भएको थियो । पुन औपचारी कार्यक्रम पश्चात निर्बाचन मण्डल संयोजक याम बहादुर थापा, तथा डिल बहादुर गुरुङ्ग र थमन गुरुङ्ग तथा भेलामा उपस्थिति सम्पूर्ण साधारण सदस्यहरुबाट पहिलाको तदर्थ समितिलाई नै पुर्णता दिने गरि हुम बहादुर गुरुङ्ग अध्यक्षमा थप दुई सदस्य थपी १३ जनाको तथा पहिलाकै सल्लाहकारहरु एक थप गरि कार्यसमिति चयन गरिएको छ । चयन भएको सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक श्री याम बहादुर थापज्युले सपथ ग्रहण गराउनुभएको थियो भने भेलामा उल्लेखनिय उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.