नयाँ बर्षमा काल्खु मेला २०७६ स्याङ्गजाको काल्खुमा हुने

0

२०७५ चैत्र १२, पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)

स्याङ्गजा जिल्ला, पुतलिबजार नगरपालिका वडा नं–९ काल्खुुमा काल्खु मेला २०७६ आयोजना हुने भएको छ । तनहँु पर्वत र कास्की जिल्लाको प्रसिद्ध श्री जलकन्या उत्तरादेवी मन्दिरमा चैत्र पूर्णिमामा पुजा गरि मेला सुरु हुनेछ । विशेष बालबालिका तथा महिलाहरुमा लाग्ने रोगहरुबाट छुटकारा हुने जनविश्वासका आधारमा हाजरौ श्रदालुभक्तजनहरु उपस्थितलाई आधार मानी उक्त ठाउँमा स्थानिय श्री जनसम्पर्क युवा क्लबको नेतृत्वमा विगत लामो समयदेखी काल्खु मेलाको रुपमा मनाउदै आईरहेको छ । यस वर्ष पनि सोही अवसरमा क्लबले मेलालाई निरन्तरता दिएको छ । लुकेर रहेको प्रतिभावहरलाई प्रस्फोटन गराउने तथा मेलामा विभिन्न खेलकुद प्रतियोगिताहरु तथा साँस्कृतिक कार्यक्रमहरु हनेछ । स्थानिय स्तरका बस्तुहरु, कलाहरुलाई प्रवद्र्धन गर्ने आन्तरिक तथा बाह्या पर्यटनलाई प्रवर्धन गर्ने, हाल निर्माणाधिन अवस्थामा रहेको क्लबको भवन सम्पन्न गर्ने र भवनलाई सुचना केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यका साथ यहि आउदो २०७६ बैशाख ७ गते देखि ११ गतेसम्म काल्खु मेला २०७६ सञ्चालन हुनेछ भने राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकारहरुद्धारा विशेष सांगीतिक कार्यक्रम रहनेछ । मेलामा टोल स्तरिय पुरुष भलिबल प्रतियोगिता तर्फ पुरस्कारहरु क्रमस ः ५००००, ३५०००, १७००० रुपैयाका साथै मेडल प्रमाण–पत्र रहनेछ भने अन्य प्रतियोगिताहरुमा आकर्षक पुरस्कारहरुको व्यवस्था गरिने छ । मेलाको तयारीहरु भईरहेका जानकारी क्लबका अध्यक्ष श्री जिवन थापा मगर ज्यूले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.