बहुचर्चित गायक चोलेन्द्र पौडेलको मार्मिक गीत “घर केले छाउने हो ” सार्बजनिक
तुल्सी मिडिया ,
नेपाली लोक सांगीतिक क्षेत्रका बाहुचर्चित लोक दोहोरी गायक चोलेन्द्र पौडेलको मार्मिक लोक गीत “घर केले छाउने हो ” बजारमा सार्बजनिक भएको छ |
डिजिटल स्टार पोखरा को प्रस्तुतिमा बनेको यस गीतमा सुरबीर पण्डित (दारी बा ) स्वस्तिका लामिछाने र राजेन्द्र नेपाली (लट्टे ) को प्रमुख अभिनय रहेको छ | गीतमा राजनैतिक परिवर्तन संगै गरिब किसान मजदुर का दिन किन परिवर्तन भएनन् कहिले आउछन त गरिबका दिन भन्ने प्रश्न सोध्न खोजिएको छ , चन्द्र बहादुर बिक को शब्द ,चोलेन्द्र पौडेल को लय तारानाथ आचार्य को एरेंजमा तयार भएको यस गीतको रेकर्डिङ तथा म्युजिक भिडियो सम्पादन डिजिटल स्टार प्राली मा सम्पन्न गरिएको छ |
गणेश सापकोटाको छायांकन ,सुबाश अमगाई को सम्पादन रहेको यस म्युजिक भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका छन |
भिडियो हेर्नुहोस