१३औं बिरुवा महोत्सव २०७५ बालाकन्य मन्दिरको पुजा गरी सम्पूर्ण तयारी पुरा
चैत्र ६, पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
साना बालबालिकाहरुलाई केही नहोस, तथा बोली नफुटेको बालबालीकाहरुलाई भाकल गरे बोली फुट्ने जनविश्वसको आधारमा भाकल गरेको वर्षमा एक पटक मात्र खोलिने उक्त मन्दिरमा दालुभक्तजनहरु हजारौको संख्यमा उपस्थिति रहेको थियो । उक्त मन्दिरमा पुजा बलि दिईसकेपछि बलि चढाएको मासुहरु घर फर्काउनु हुदैन भन्ने जनविश्वस पनि रहेको छ । पुजा गर्ने साथ बजारमा घरायसी आवश्य सामाग्री तथा कृषि औजारहरु खरिद तथा विक्री गर्नेहरुको भिडभाड बढ्दै बजार महोत्सव सुरु हुने गर्दछ ।
“विकास, अनुशान, गतिशिलता, हामी बिरुवा बजारबासी युवाहरुको प्रतिबद्धता” भन्ने मुल नाराका साथ बालकन्य युवा क्लब, समाज कल्याण आमा समुह, बजार व्यवस्थापन समितिको संयुक्त रुपमा स्याङजा, बिरुवा गाउँपालिका वडा नं १ बिरुवा बजारमा १३ औं बिरुवा बजार महोत्सव २०७५ आयोजना गरिएको हो । २०७५ चैत्र ७ गते देखी १० गते सम्म सञ्चालन रहनेछ । महोत्सवको मुख्य उद्देश्य गाउँ गाउँमा लुकेर रहेको प्रतिभाहरुलाई प्रोत्साहान गरि राष्ट्रिय स्तरमा पु¥याउने, युवा वर्गलाई खालि समयको सदुपयोग गर्न प्रेरित, राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग, स्थानिय कृषी तथा व्यवसाय प्रवद्र्धन, गर्नु रहेको छ ।
महोत्सवका विशेष अकार्षकहरु पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ख्याति प्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती, हास्या व्याङ्य प्रस्तुती, आमा समुह तथा क्लबहरुको नृत्य प्रस्तुती, छेलो हान्ने प्रतियोगिता, साथमा आमा समुहहरुको रत्योली प्रतियोगिता, क्लब स्तरीय नृत्य प्रतियोगिता रहनेछ । महोत्सवको लागि मुल समिति द्धारा विभिन्न उपसमितिहरु बनाई सम्पूर्ण उपसमितिहरुलाई आ–आफ्नो कार्य विभाजन गरि तोकिएको जिम्म सम्पूर्ण उपसमितिहरुले पुरा गरिसकेको र मेलाको लागि आवश्यक सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी बाल कन्य युवा क्लबका भु.पु उपाध्यक्ष तथा आयोजक रेशम रानाज्युले जानकारी गराउनुभएको छ ।