जनप्रिय बहुमुखी क्याम्पस, पोखराका विद्यार्थीहरुलइ Motivate Program

0

२०७५ चैत्र ५
पोखरा

हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)

जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सामाजिक सञ्जाल फेसबुक ग्रुप we can do (helping hands (WCDHH) “हामी गर्न सक्छौ सहयोगी हातहरु” ले Bradford Education Consultancy P.ltd को समहयोगमा Motivation Program सञ्चालन गरेको छ । विद्यार्थीहरुले अध्ययन गरेको विषयबस्तुहरु सम्झन सहज होस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्याम्पसका प्राचार्य, शिक्षकहरु तथा विद्यार्थीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । साथै ग्रुपका सदस्यहरुको उपस्थितमा प्रशिक्षक सुभास पौडेल र सरोज समिर यादव ज्युले प्रशिक्षण गर्नुभएको थियो ।
सामाजिक सञ्जालहरुमा कोहि सेवा गर्ने विचारका साथ विभिन्न किसिमका गतिविधि गरिरहेको हुन्छ । विशेष युवा पुस्ताहरु आफ्नो काम मात्र नभई आफुलाई समाज सेवामुलक कार्यक्रमहरुमा पनि सहभागि गराईहेको छ । समाजिक सञ्जालहरुमा समय मात्र नविताई यो देशमा हामी पनि केही गर्न सक्छौ आफ्नो खालि समयलाई सदुपयोग गरि सामाजिक कार्यमा पनि समय वितायको छ । त्यस्तै मध्ये we can do (helping hands (WCDHH) “हामी गर्न सक्छौ सहयोगी हातहरु” फेसबुक ग्रुपले पनि यस्तै विभिन्न समाजिक सेवामुलक गतिविधिहरु गर्दै आईरहेको छ । कहिले असाहयहरुको सेवा कहिले प्रकोपमा परेकोलाई सहयो, कहिले आर्थिक अवस्था कम्जोर भई उपचार गर्न नसकेकाहरुको सहयो तथा देशमा अन्ययमा परेकाहरुको न्ययका लागी सहयो कहिले सरसफाई अभियन संचालन गर्दै अगडी बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.