स्याङ्गजाको बिरुवामा प्राथामिक उपचार तालिम सम्पन्न

0

२०७५, चैत्र, ४
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
नेपाल रेडक्रस सोसाईटि शाखा कार्यलय स्याङ्गजा द्धारा विरुवा गाउँपालिका कार्यलयको सहयोगमा वडा नं. १ बिरुवा बजरमा प्राथामिक तालिम सम्पन्न भएको छ । स्थानिय स्तरमा भएको स्रोत र साधनहरुलाई सदुपयो गरि दुर्घटना भैसकेपछि हस्पिटल सम्म पुग्नका लागि गरिने विभिन्न उपचारहरु जसले विरामीलाई केही राहत मिल्न सकोस भन्ने हेतुले तालिम आयोजना गरिएको हो ।
तालिम ३ दिन सम्म सञ्चालन भएको थियो । तालिममा विष खाएकोलाई के गर्ने, हात भाच्चिएको अवस्थामा के गर्ने, साधारण सर्पाले टोकेको बेला के गर्ने, पानीमा डुबेको मान्छेलाई कसरी बचाउने, आदि विभिन्न तालिममा प्रशिक्षण गरिएको थियो ।
प्रशिक्षार्थीहरुलाई विभिन्न समुह बनाएर तालिम दिएको थियो । तालिम एक औपचारी कार्यक्रम गरी समापन गरिएको थियो । जसमा सभापतित्व भुवनेश्वर रिमालज्युले गर्नुभएको थियो ।
तालिम रेडक्रस शाखा जिल्लाबाट प्रशिक्षकहरुको उपस्थितिमा विभिन्न प्रशिक्षार्थीहरु उल्लेखनिय उपस्थिति रहेको जानकारी रेशम रानाज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.