बिरेठाँटी फागुपुर्णिमा मेला-२०७५
फाल्गुण २६
हुम बहादुर चाक्ली तमु
विरेठाँटी जाउँ फागुपुर्णिमा मेला मनाउ
भन्ने मुला नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८, विरेठाँटीमा, विरेठाँटी युवा परिवार आयोजक तथा चिन बहादुर प्यारी प्रतिष्ठानको मुख्य प्रायोजनमा विरेठाँटी फागुपुर्णिमा मेला २०७५ आयोजना हुनेभएको छ । चैत्र ५ गते देखी ९ गते सम्म मेला सञ्चालन हुनेछ । स्थानिय युवाहरुमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फोटन गराउनु तथा राष्ट्रिय स्तरका खेलाडीहरु बनाउन सहयोग गर्ने र विविध प्रतियोगितामा युवाहरुलाई सहभागिता गर्ने प्रणित गर्नु, भौगोलिक तथा प्रकृतिक सौदर्य तथा सहाशिक खेल क्यानोनिङमा आन्तरिक तथा वाह्य पर्यटन प्रबद्र्धन गर्नु, मुख्य उद्देश्य रहेको छ ।
मेलामा अन्तर गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता, सस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता, राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु द्धारा विविध सागीतीक कार्यक्रम, पोखरा हिमाली सांस्कृति परिवार तथा स्थानिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहनेछ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार राशि रु १०१,१११।– रहनेछ भने द्धित्तिय पुरस्कार रु ५०,५५५।– रहनेछ । त्यस्तै विद्यालय स्तरिय नृत्य प्रतियोगितामा १५,०००।–, १०,०००।–, ७,००० र ५,०००।–, क्रमश ः प्रथम, द्धित्तिय, तृतिय, र सान्त्वना पुरस्कार रहेको छ र मेलाको लागि तयारीहरु तिब्र गतिमा भएको जानकारी विरेठाँटी युवा परिवारका सदस्य श्री सुदन गुरुङ्गज्यूले जानकारी गराउनुभएको छ ।