१३ औं बिरुवा बजार महोत्सव २०७५, स्याङजा
फाल्गुण २५, पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रिका लागि खेलकुद “
“विकास, अनुशान, गतिशिलता, हामी बिरुवा बजारबासी युवाहरुको प्रतिबद्धता” भन्ने मुल नाराका साथ बालकन्य युवा क्लब, समाज कल्याण आमा समुह, बजार व्यवस्थापन समितिको संयुक्त रुपमा स्याङजा, बिरुवा गाउँपालिका वडा नं १ बिरुवा बजारमा १३ औं बिरुवा बजार महोत्सव २०७५ आयोजना गरिने भएको छ । २०७५ चैत्र ६ गते देखी १० गते सम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य गाउँ गाउँमा लुकेर रहेको प्रतिभाहरुलाई प्रोत्साहान गरि राष्ट्रिय स्तरमा पु¥याउने, युवा वर्गलाई खालि समयको सदुपयोग गर्न प्रेरित, राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग, स्थानिय कृषी तथा व्यवसाय प्रवद्र्धन, गर्नु रहेको छ ।
महोत्सवका विशेष अकार्षकहरु पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ख्याति प्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती, हास्या व्याङ्य प्रस्तुती, आमा समुह तथा क्लबहरुको नृत्य प्रस्तुती, छेलो हान्ने प्रतियोगिता, साथमा आमा समुहहरुको रत्योली प्रतियोगिता, क्लब स्तरीय नृत्य प्रतियोगिता रहनेछ । महोत्सवको लागि मुल समिति द्धारा विभिन्न उप-समितिहरु बनाई सम्पूर्ण उपसमितिहरुलाई आ–आफ्नो कार्य विभाजन गरि कार्यहरु तिव्र गतिमा भईरहेको जानकारी बिरुवा महोत्सवका संयोजक श्री अब्बु मियाज्युले जानकारी गराउनुभएको छ ।