सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

0

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । 

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । 

जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु  हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको हो । यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी,  विश्रम  भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई  ३ वर्ष कैदको सजायँ सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ ।

 घटनामा मुछिएका ५८ जनामध्ये २७ जना प्रतिवादी पुर्पक्षको सिलसिलामा थुनामा रहेका छन् भने ३१ जना फरार छन् । फरारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ । 

 

Leave A Reply

Your email address will not be published.