प्रचण्डलाई धेरै चुरीफुरी नगर्न विप्लवको चेतावनी

0

नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई सिद्ध्याउन जासुस प्रयोग गरेको जानकारी पाएपछि विप्लवले प्रचण्डलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् । चेतावनी दिदै विप्लवले सरकारको रिमोट आफ्नो हातमा रहेको उल्लेख गरेका छन् । सशस्त्र जनयुद्धताका दुई सहयात्री अहिले दुईतिर छन् । जसमा एउटाले सरकार चलाईरहेका छन भने अर्काले जनसत्ता चलाईरहेका छन् ।यि दुई नेकपा अहिले प्रतिष्पर्धामा छन् । एउटालाई सिद्ध्याउने खेलमा अर्को नेकपा लागिपरेको छ । केहि दिन पहिले विप्लवले एनसेल टावरहरुमा आक्रमण गरेपछि यिनीहरुबीचको फण्डा पुन सुरु भएको हो । अहिले सत्ताधारी नेकपाले जासुसको रुपमा कार्यकर्ता परिचालन गरेको खुलेको छ ।

मुख्य नेता नेत्र विक्रम चन्द ‘विप्लवु’ सहितका केन्द्रीयस्तरका सबै नेता तथा कार्यकर्तालाई पक्राउ गर्न सत्ताधारी नेकपाले यस्तो षड्यन्त्र रचेको हो । यसको नेतृत्व अहिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरिरहेका छन् । अब सत्ताधारी ओली र प्रचण्डका कार्यकर्ताले बिद्रोही नेपाल कम्युनिष्ट पार्टी विरुद्ध सरकारी निकायसमक्ष सुराकी गर्नेछन ।पछिल्लो पटक विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले चन्दा असुली र बम विस्फोटमार्फत सर्वसाधारण नागरिकलाइ समेत आतंकित पार्दै आएको छ । निजी दुरसञ्चार सेवा प्रदायक एनसेलको ललितपुरस्थित प्रधान कार्यालयमा यही पार्टीले गराएको बम विस्फोटमा परि एकजना सर्वसाधारणको मृत्यु भएको थियो भने अरू दुइ जना गम्भीर घाइते भएका थिए ।

नेकपा कार्यकर्ताले सरकारी अधिकारीहरूसँगै मिलेर विप्लव लगायतका नेताहरू बस्ने स्थान र उनीहरूको गतिविधीमाथि निगरानी र जासुसी गरिरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रहरीमार्फत गृहमन्त्रीकहाँ सुराकीको सूचना बुझाएर फर्कने कार्यकर्ताहरू उल्लेख्य संख्यामा रहेको जनाइएको छ । यस्तो सूचना प्रधानमन्त्री कार्यालयमा समेत बुझाउने गरिएको छ ।

माथिल्ला तहका नेताहरू बसेको स्थानबारे दैनिक सूचना नै बुझाइरहेको सूरक्षास्रोतको दाबी छ । तर निरन्तर सेल्टर परिवर्तन गरिरहेका कारण नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ गर्न त्यति सहज भने छैन ।

यतिखेर संगठन र रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भेटघाट भइरहेको कच्चा निष्कर्ष सुरक्षा निकायले निकालेको छ ।

आफ्ना सैयौं कार्यकर्तालाई वर्तमान ओली प्रचण्डको सरकारले जेलमा हालेको भन्दै यो काममा उनीहरुका कार्यकर्ता परिचालन भएको विप्लव माओवादीले निष्कर्ष निकालेको छ ।

अहिले पनि केन्द्रीय नेता र कार्यकर्ताहरुलाई समात्न सरकारले राजनीतिक संगठनको दुरुपयोग गरेको र सत्तासिन दलको कार्यकर्ता सुरक्षा अंगका जासुसहरुसँगै काम गरेको पाईएको विप्लव निकटका एक नेताले दाबी गरे ।ओली प्रचण्डका कार्यकर्ताले गुप्तचरी, सुराकी र जासुसीको धन्दा नछाडे उनीहरुलाई सफाया नै गरिदिनेबारे छलफल भईरहेको ती नेताले बताए । हाल सत्तामा रहेका प्रचण्डले माओवादी जनयुद्धताका आफ्ना विरोधीको हत्या गर्ने गरेको थिए । त्यसैलाई उनले सफायाको उपमा दिने गर्थे ।

Leave A Reply

Your email address will not be published.