भावनाले जितिन बेस्ट मोडेल को उपाधि

0

तुल्सी मिडिया, पोखरा

सौन्दर्य कला ब्यबसायी संघ नेपाल,कास्कीद्वारा आयोजित ब्राइडल मेकअप कम्पिटेसन(bridal makeup competition ) को बेस्ट मोडेलको उपाधि भावना लम्सालले जितेकी छन् ।

प्रदेश स्तरिय ब्रिडल मेकअप कम्पिटेसन(bridal makeup competition )को बिजेता नविना लामा बनेकी छन् भने फस्ट रनर अप आकृति गुरुङ ,सेकेन्ड रनर अप मनिषा कोजु ,मोडेल अफ द इअर भावना लम्साल र दर्शक च्वाइसमा सुप्रिया भुजेल ले जितेकी छन् ।प्रतियोगितामा १३ जना प्रतिश्पर्दीहरु फाइनलमा पुगेका थिए तेस्पछि टप सेभेनलाइ छनोट गरिएको थियो ।
उक्त कार्यक्रममा प्रतिश्पर्दीहरुलाई bridal make up,self make up,motivational class,make tips सम्बन्धि विधामा प्रशिक्षण दिइएको थियो ।

लेकसाइडको ऒजोन लंज एंड बारमा सम्पन्न भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघकी केन्द्रिय सदस्य एबम सौन्दर्य कला ब्यबसायी संघ नेपालकी अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.