इन्द्रेणी युवा क्लबको “पुरुष भलिबल प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम” भब्य रुपमा सम्पन्न

0

तुल्सी मिडिया,पोखरा
प्रविन केसी
इन्द्रेणी युवा क्लब बिरुवा गाउँपालिका वडा नं १ तल्लो मोचाबारी द्वारा आयोजित पुरुष भलिबल प्रतियोगिता साथै बिबिध सांस्कृतिक कार्यक्रम सफल रुपमा सम्पन्न भएको छ । “गाउँ बिकासमा युवाहरुको प्रतिबद्दता ,लगनशील सृजनशिल सहभागिता ” भन्ने मूल नाराका साथ क्लबको १७ औं बार्षिक उत्सब एबम प्रजातन्त्र दिबसको अबसर पारेर क्लबले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा २० टिमले प्रतिस्पर्दा गरेका थिए । २० टिमलाई पछाडी पार्दै बालकन्या युवा क्लब बिरुवा बजारले प्रथम स्थान हाशिल गरेको छ भने दोश्रो आयोजक इन्द्रेणी युवा क्लब ,तेस्रो सृजना युवा क्लब बाहूँ र सान्त्वना एकता युवा क्लब सिम्ले भएको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद राशि रु ४५,००० शिल्ड मेडल र प्रमाण पत्र थियो साथै दोश्रो,तेस्रो र सान्त्वना हुने टिमले क्रमस रु ३५,००० ,१८,००० ,१०,००० शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

२०७५ फाल्गुन ८ गते समुद्घाटन भएको कार्यक्रमको समापन फाल्गुन १३ भएको छ ।कार्यक्रमको प्रमुख आतिथ्यता बिरुवा गाउपालिका वडा नं १का वडा अध्यक्ष युबराज केसीले गर्नु भएको थियो ।प्रमुख अतिथि केसीले “खेलकुदको विकास नै समाजको विकास हो र अबको युवा समाजलाई नेतृत्व गर्ने खालको हुनुपर्छ भन्दै आफ्नो वडामा खेलकुदको बिकास गर्न तत्पर लागिरहने ” प्रतिबद्दता जायर गर्नु भएको थियो ।
समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका क्लबका अध्यक्ष डोल बहादुर थापाले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो भने कार्यक्रम संचालन पत्रकार बज्रराज अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.