३ जना बलात्कार र एक हत्याका फरार प्रतिवादी पक्राउ

0

पश्चिम रुकुममा पछिल्लो १० महिनाको अवधिमा  ३ जना बलात्कार र एक जना हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न त्यहाँको प्रहरी सफल भएको छ ।  एक जना वन मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले दिएको विवरण अनुसार वाफीकोट गाउँपालिका–३ भाग्लेका २३ वर्षीय भरत विक एक महिला बलात्कारको मुद्दामा फरार थिए । उनलाई  पक्राउ गरी २०७५ कार्तिक १ गते भई त्यहाँको अदालतबाट ६ वर्ष कैद र एक हजार जरीवानासहित कारागार चलान गरियो । 

सोही गाउँपालिका–१ का ६३ वर्षीय भद्रबहादुर बिक बालिका बलात्कारको अभियोगमा फरार थिए । उनलाई पनि पक्राउ गरियो र माग १६ गते ५ वर्ष कैद सजायका लागि कारगार चलान गरियो ।आठविसकोट नगरपालिका–१० का ३३ बर्षिय शशीराम विक बलात्कारको अभियोगमा ८ बर्ष जेल सजायमा परे । 

वाफीकोट गाउँपालिका–४ का ४२ वर्षीय डम्वरबहादुर विक कर्तब्य ज्यान मुद्दामा २० वर्ष कैद सजायका लागि कारागार चलान भए ।चौरझारी नगरपालिका १४ का ३३  वर्षीय रुपलाल विष्ट माघ ११ गते वन मन मुद्दामा  ५२ हजार  १ सय ९१ रुपैयाँ जरीवानामा परे 

Leave A Reply

Your email address will not be published.