राँगोले हान्दा एकको मृत्यु,गरियो राँगोलाइ इन्काउन्टर
राजधानीमा राँगोले आक्रमण गर्दा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी अन्दाजी ६५ वर्षीय मानबीर महर्जनको मृत्यु भएको हो ।
महर्जनलाई आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्याएर दुई राउन्ड गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत थानकोटका प्रमुख (डीएसपी) कुमार विक्रम थापाका अनुसार मर्निङवाक निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको हो । घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ डीएसपी थापाले भने ।
राँगोले मान्छेमाथि आक्रमण गरेपछि प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेका थिए । समात्न नसकेपछि प्रहरीले मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि राँगोमाथि गोली चलाएको डीएसपी थापाले बताए । राँगो कीर्तिपुरतिरबाट बिच्किएर आएपनि कसको हो भने खुल्न सकेको छैन् ।