गोली प्रहार गरी महिलाको हत्या

0

कपिलवस्तुको वाणगंगा नगरपालिकामा–४ कुवेरापुरमा अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको ज्यान गएको छ । गएराति घरमै बसिरहेका बेला अज्ञात समूहको गोली प्रहारबाट अनिता पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार महिलाको शवलाई पोष्टमार्टमको  तौलिहवा अस्पताल पठाइएका छ। घटनाको बिस्तृत वितरण भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले मृत्यु हुने महिला अनिता पौडेल रहेको पृष्टि गरे । घटना कसले गराएको र के कारण हो ? भन्नेबारे अनुसन्धान भइरहेको रावलले जानकारी दिए । 

जानकारीअनुसार राति खान खाएर घरमै बसिरहेको बेला दुई जना अपरिचित व्यक्तिले पौडेलमाथि गोली प्रहार गरेका थिए । उनीहरु गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन ।

Leave A Reply

Your email address will not be published.