तल्लो मोचाबारी (पिपलबोट)मा क्लब स्तरिय भलिबल प्रतियोगिता सुरु

0

हुम बहादुर चाक्ली तमु (hum gurung)
फाल्गुण–८, पोखरा
स्याङ्गजाको बिरुवा गाउँपालिका वडा नं. १ तल्लो मोचाबारी (पिपलबोट) मा श्री इन्द्रेणी युवा क्लबको १७ औ बार्षिकोत्सव तथा प्रजातान्त्र दिवसको उपलक्ष्यमा आयोजित कलब स्तरीय पुरुष भलिबल प्रतियोगितको प्रमुख अतिथि वडा नं १ का अध्यक्ष श्री युवाराज के.सी.को आतिथ्यतामा औपचारीका कार्यक्रम गरी समुद्घान कार्यक्रम गरिएको छ । कार्यक्रममा विशेष अतिथि श्री टुक बहादुर राना, अतिथि ने क.पा.का युवा नेता श्री थामन गुरुङ्ग, टोप बहादुर थापा तथा अन्य अतिथिकोे उपस्थितिमा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि युवराज के.सी द्धारा रेफ्रीलाई भलिबल हस्तान्त्रण गरी कार्यक्रम सुरु भएको थियो । उद्घाटन खेलमा चन्द्रकोट युवा क्लब विरुद्ध आयोजक रातो टिम विचको खेलमा चन्द्रकोट युवा क्लबले २५–१०, २५–१५ सोझो सेटमा विजय प्राप्त गरेको छ । औपचारी कार्यक्रम ओम बहादुर राना ज्युले सञ्चालन गर्नुभएको भने स्थानीय, छिमेकीको उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएको तथा भोलीबाट अन्य खेलहरु हुने आयोजकका सदस्या श्री प्रविन के.सी ज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.