स्याङजा बिरुवाको गाउँगाउँमा मगर दिवास मनाउने तयारी
हुम बहादुर तमु
फाल्गुण ५, पोखरा,
मौलिक पहिचा, भाषा, भेषभुषा संरक्षण र संबद्धृन गर्ने उद्देश्यले मगर समुदायले मनाउदै आएको मगर दिवस अर्थात फागुन १५ नेपाल मगर संघ बिरुवा गाउपालिकाले यस वर्ष वडा न ७ सुरुङ्गमा बृृहत रुपमा मनाउने भएको छ । विभिन्न ठाउँमा छरिएर रहेको मगर समुदायलाई एकिकृत गरि समुदायको हक हित, अधिकार, समाज विकासको निम्ती अघि बढ्ने उद्देश्यले स्थापना भएको समुदायले आफ्नो छुट्टै पहिचान दिदै आइरहेको छ, त्यसै कार्यलाई निरन्तरता दिने उद्देश्यले गाउँगाउँमा पनि संगठिक रुपमा आवद्ध भई अघि बढिरहेको छ । देशमा फागुन १५ लाई मगर दिवसको रुपमा मनाउदै आइरहेकोमा गाउँ गाउँमा पनि सम्पूर्ण मगरहरुलाई जानकारी तथा मनाउन प्रेणीत गराउने उद्देश्यका साथ मनाउन लागिएको नेपाल मगर संघ विरुवा गाउँपालिकाका सचिव टोप बहादुर थापा मगर (सुन्दर) ज्युले जानकारी गराउनुभएको छ ।