बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

0

दाङमा एक प्रहरी हवल्दारलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलबारी रनियापुरमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दले एक महिलालालाई बलात्कार गरेको भन्दै प्रक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार महिलाले दिएको उजुरीका आधारमा थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । गएराति महिलाको घरमै गएर जबर्जस्ती करणी गरेको भनी महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय तुललसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

ती महिलाले राति १० बजे घरमै गएर हवल्दारले जबर्जस्ती गरेको बताएकी छिन् । उनको स्वास्थ्य पनि परीक्षण गरिएको छ । प्रहरी हवलदार चन्दलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.