४ ठूला नेतालाई पेलेरै जाने मुडमा प्रधानमन्त्री केपी ओली

0

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा सरकारको कामबारे प्रशंसा र आलोचना सुरु भएको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भने सरकारको एक वर्षको समिक्षाभन्दापनि प्रधानमन्त्री एवम् अध्यक्ष ओली पार्टीमा झन हाबी भएको विषयमा चर्चा तथा परिचर्चा सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले यो सरकार ५ वर्षसम्म कसैले चाहेर पनि हल्लाउन नसक्ने अभिव्यक्ति दिईरहेका छन् । ओलीले यो एक वर्षमा आफ्नो गुटलाई बलियो बनाएका छन् । पार्टी एकता गर्नुपुर्व ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने मोटामोटी सहमति भएको भनिएको थियो । तर, पछिल्लो समय यो विषय लगभग सेलाएको छ ।

प्रचण्डलगायतका नेताहरु रुष्ट थिए । सरकारले पार्टी चलाएको भन्दै बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल दुवै ओलीसँग असन्तुष्ट बनेका थिए । प्रचण्डले पनि अध्यक्ष ओलीविरुद्ध नेपाल र खनालको साथ लिएर पेल्न खोजेका थिए । तर, ओलीले कसैको कुरा सुनेनन ।

Leave A Reply

Your email address will not be published.