महाअभियोगबाट जोगिन अख्तियारका आयुक्त राजनारायणद्वारा राजीनामा

0

तुल्सी मिडिया,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला उनले राजीनामा दिएका हुन् ।स्रोतका अनुसार पाठकले राजीनामा दिए पनि उनी भ्रष्टाचारको कारवाहीबाट जोगिने अवस्था भने छैन ।अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।संवैधानिक पदाधिकारीहरुमाथि अख्तियारले कारवाही चलाउन नसकेपछि पूर्वपदाधिकारी माथि कारबाही गर्ने अधिकार अख्तियारसँग मौजुद छ ।

भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा लाखौं रुपैयाँ घुस बुझेको भिडियो हेरेपछि नेकपाका नेताहरू पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।शुक्रबार नै महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरूको तयारी थियो ।

Leave A Reply

Your email address will not be published.