यातायात तथा पारवहन सम्झौता कार्यान्वयनका लागि नेपाल र चीनबीच छलफल

0

नेपालले चीनसँगको सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनेभएको छ ।

यातायात तथा पारवहन सम्झौता कार्यान्वयनका लागि आवश्यक कार्यविधि अर्थात प्रोटोकल तयार पार्न वार्ता सुरु भएको छ । पहिलो पटक प्रधानमन्त्री हुँदा भारतसँगको सीमामा भएको नाकाबन्दीपछि केपी शर्मा ओलीले चीनसँग उक्त सम्झौता गर्नुभएको थियो । यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमाथि सेप्टेम्बर महिनाको पहिलो साता अर्को चरणको वार्ता नेपालमा हुँदैछ ।

तेस्रो मुलुकसँगको सामान आयात–निर्यात गर्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता अन्त्य गर्ने भन्दै चीनसँगको सम्झौतालाई निकै महत्वपूर्ण मानिएको छ । सम्झौता भएको अढाइ वर्षपछि त्यसको प्रोटोकलबारे भदौ १९ देखि २१ गतेसम्म द्विपक्षीय वार्ता काठमाडौंमा हुन लागेको बताइएको छ ।

नेपाललाई प्रयोग गर्न दिने बन्दरगाहको विषयमा चिनियाँ पक्ष सकारात्मक छ । विशेषगरी जापान र दक्षिण कोरिया लगायतका पूर्वी एशियासँगको व्यापारमा भारतभन्दा चिनियाँ बाटोको प्रयोग उपयुक्त हुने बताइन्छ ।

Leave A Reply

Your email address will not be published.