सीपीएलको पाचौं खेलमा सन्दीप महंगा बलर, टोली शीर्ष स्थानमा

0

काठमाडौं : हाल क्याराबिन प्रिमियर लिग(सीपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले लिगको पाचौं खेलमा खराब प्रदर्शन गरेका छन् । आइतबार बिहान (स्थानीय समय अनुसार शनिबार साँझ) भएको खेलमा सन्दीपले यसअघिको लयलार्इ पछ्याउन सकेनन्। यस अघिका चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले यस खेलमा ४ ओभर बलिङ गर्दा ४३ रन दिई कुनै विकेट लिएनन् ।

आइतबारको खेलमा सन्दीपको टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ज्यासोन होल्डरको कप्तानीमा रहेको ‘बारबाडोज त्रिडेन्ट्स’सँग प्रतिस्पर्धा गरेको थियो । सन्दीपको खराब प्रदर्शन रहेको यस खेलमा ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ६ विकेटको जित निकाल्न सफल भयो ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको ‘बारबाडोज त्रिडेन्ट्स’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाउन सक्यो । ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले १४८ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यो सँगै सन्दीपको टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले पाँच खेलमा ३ जित हात पारी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

सन्दीपले छैटौं, ९ औं, १२ औं र १६ औं ओभर बलिङ गरेका थिए । उनले क्रमशः ८, ८, १७ र ११ रन दिए। सन्दीप यस खेलमा ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’का लागि सबैभन्दा महंगा बलर सावित भए ।

यसअघिका ३ खेलमा विकेट ७ विकेट लिएका छन् । सन्दीपले पहिलो खेलमा २, दोस्रो खेलमा १ र तेस्रो खेलमा २ र चौथो खेलमा २ विकेट लिएका थिए ।

Leave A Reply

Your email address will not be published.