लिपुलेक र हिङसाङचुलीमा ‘सशस्त्र सीमा सुरक्षा फौज’ तैनाथ गरिने

0

काठमाडाैँ । सशस्त्र प्रहरी बल (एपीएफ) चीन र भारत जोड्ने २ त्रिदेशीय सीमा नाका नजिकै सुरक्षा फौज तैनाथ गर्ने भएको छ । नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सीमा विन्दु दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुली नजिकै सशस्त्रले बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गर्ने भएको हो । त्रिदेशीय सीमानामा कूटनीतिक चातुर्यता देखाउन नसके छिमेकी मुलुकबीच विवाद उत्पन्न हुनसक्ने जोखिम रहन्छ, याे खबर अाजकाे काराेबार दैनिकमा छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन जोड्ने ८७ स्थानमा बोर्डर अब्जर्भर पोस्ट (बीओपी) तैनाथ गरिएकोमा अब थप ९७ युनिट विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । सीमाविद् वुद्धिनारायण श्रेष्ठका अनुसार ताप्लेजुङ जिल्लाबाट उत्तरतर्फ अवस्थित हिङसाङचुली नेपाल–चीन–भारत जोडने संयुक्त सीमाविन्दु हो । यस्तै कालापानी क्षेत्रको लिपुलेक पनि त्रिदेशीय विन्दुकै प्रमुख नाका हो । सीमाविद् श्रेष्ठ हिङसाङचुली लिपुलेक जत्तिकै महत्वपूर्ण र अति संवेदनशील त्रिदेशीय विन्दु भएपनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।
यी दुई नाका बाहेक भारत र चीन जोड्ने दक्षिण र उत्तर तर्फका ९५ स्थानमा पनि बीओपी स्थापना गर्ने भएको हो ।
अहिले चीन र भारतीय सीमा जोड्ने ८७ स्थानमा मात्रै सशस्त्र प्रहरीले निरीक्षकको कमान्डमा बीओपी तैनाथ गर्दै आएको छ । त्यसमध्ये ८० भन्दा बढी बीओपी भारत र बाँकी चीनसँग सीमा जोडिएका क्षेत्रमा तैनाथ छन् ।

Leave A Reply

Your email address will not be published.