राजा वीरेन्द्र अमेरिकामा

0

अमेरिकाका लागि राजा वीरेन्द्रको राजकीय भ्रमणको मिति तय भएपछि उनले काठमाडौँमा समीक्षा बैठकको आयोजन गरे। म पनि त्यस बैठकमा भाग लिन अमेरिकाबाट आएँ। बैठकमा नेपालले के-के विषय उठाउने र अमेरिकाले के-के विषय उठाउन सक्छ भन्ने कुराको लेखाजोखा र कार्यतालिका नै बनाएर अगाडि बढ्ने निर्णय भयो। राजा वीरेन्द्रको विशेष जोड थियो कि कुनै पनि अवसरलाई चुक्न दिनु हुँदैन। राजा वीरेन्द्रको एउटा बानी नै थियो, कुनै पनि महत्त्वपूर्ण काम गर्दा विशेषज्ञहरूसहितको सानो टोली बनाएर एजेन्डा तय गर्ने, समस्या र सम्भावना अध्ययन गर्ने र निष्कर्षमा पुग्ने। विशेषज्ञको रायलाई उनी ज्यादै महत्त्व दिन्थे, जसलाई उनले जीवनभर निरन्तरता दिए।
बैठक र छलफलमा आधारति रहेर भ्रमण अवधिको हरेक दिन र घन्टाको कार्यक्रम बन्यो। क-कसलाई भेट्ने, कहाँ-कहाँ जाने भन्ने मोटामोटी तय भयो। अमेरिकाले उठाउने विषयका बारेमा दूताबासले अमेरिकि अधिकारीहरूसँग सम्पर्क राखेर त्यसको तालिका बनाउने भन्ने राजाको निर्देशन थियो। निर्देशन दिने क्रममा राजाको मुख्य ध्यान दुई कुरामा केन्दि्रत थियो : पहिलो, अमेरिकालाई नेपालको शान्ति क्षेत्रको प्रस्ताव मनाउन अथक् प्रयास गर्ने अनि दोस्रो, नेपाल र अमेरिकाका बीचमा आर्थिक सम्बन्ध विस्तार गरेर नेपालको जलस्रोतको विकासमा बाह्य जगत्को अभिरुचि बढाउने।

त्यसबेला विश्वबैँकमा अमेरिकाको ज्यादै ठूलो प्रभुत्व थियो। बैँकलाई उसैले चलाएजस्तो भान हुन्थ्यो। युरोपेली राष्ट्रहरू र अमेरिकाका बीच एउटा समझदारी नै बनेको थियो, अन्तर्राष्ट्रिय मुद्राकोष युरोपेलीहरूको नेतृत्वमा र विश्वबैँक अमेरिकाको नेतृत्वमा सञ्चालन गर्ने। यो एक किसिमको अघोषित र व्यावहारकि समझदारी थियो। यी दुई निकायलाई पनि नेपालको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा छलफल भयो। खास गरी नेपालको जलस्रोत विकासमा अमेरिकाको निजी क्षेत्र र त्यसको प्रभावबाट विश्व बैँकलाई उपयोग गर्न अभियान नैै सञ्चालन गर्नुपर्छ भन्नेमा राजा वीरेन्द्रको जोड थियो। तर, शान्ति क्षेत्रको प्रस्ताव पहिलो प्राथमिकतामा थियो।

नेपालबाट अमेरिकामा अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने परम्परा थियो। सनफ्रान्सिस्को, एटलान्टा र टेक्सास गरी तीन ठाउँमा अवैतनिक दूत थिए। र, ती ज्यादै प्रभावशाली व्यक्तिहरू थिए। सनफ्रान्सिस्कोका रचिर्ड ब्लोमकी श्रीमती अमेरिकाको सिनेटमा अहिले वरष्िठ सदस्य छन्, त्यसबेला उनी सनफ्रान्सिस्कोकी मेयर थिइन्। उनका श्रीमान् ज्यादै धनी र निजी क्षेत्रका एक प्रतिष्ठित बैँकर हुन्। एटलान्टाको दूतमा मेरी रविन्सन थिए, उनका छोरा त्यसबेलाको अमेरकिन एक्सप्रेस कम्पनीका प्रमुख थिए। र, कोकाकोला कम्पनीको सुरुवात गर्ने परिवारमध्ये एक थिए। त्यसै गरी, लुपी मर्केन्चनलाई टेक्सासको दूत नियुक्त गरिएको थियो। यिनी अमेरिकाको एउटा ठूलो तेल कम्पनीकी मालिक थिइन्। भ्रमणका क्रममा यी सबैसँग भेटघाट गर्ने तय भयो।

यिनीहरूको खास किसिमको दायित्व र जिम्मेवारी हुँदैन।अवैतनिक वाणिज्य दूत भनेको कूटनीतिक सम्पर्कको माध्यम पनि हो। हामी यिनीहरूलाई केही दिन सक्दैनौँ तर वाणिज्य दूतका नाताले उनीहरूले समाजमा थप प्रतिष्ठा पाउँछन्। प्रभावशाली व्यक्तिलाई त्यस्ता पदमा नियुक्त गरनिु राम्रो हुन्छ भनेर मेरै सिफारसिमा यी व्यक्तिहरूलाई नेपालका लागि अवैतनिक दूतमा नियुक्त गरिएको थियो। मलाई यिनीहरूको नाम सिफारसि गर्ने व्यक्ति भने रबर्ट म्याक्नामारा थिए।

वासिङ्टन त राजकीय भ्रमणको पहिलो आगमनस्थल र केन्द्रविन्दु नै भयो। तीन दिन यहाँ बसिसकेपछि पूर्वराष्ट्रपति रचिर्ड निक्सनलाई भेट्न एक दिन न्युयोर्क जाने र राजा वीरेन्द्रले पढेको हावर्डमा एक दिन बसेर एटलान्टा, डलास र सनफ्रान्सिस्को जाने कार्यक्रम तय भयो। सनफ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियामा नेपाल अध्ययन केन्द्र थियो। त्यसका विशिष्ट प्रोफेसर लियो रोज थिए। नेपाल र हिमालय क्षेत्रको ज्यादै गहिरो अध्ययन गरेका उनले नेपालसम्बन्धी किताब पनि लेखेका छन्। ज्यादै अध्ययनशील र विशिष्ट पहिचान भएका व्यक्ति भएकाले त्यस सेन्टरमा गएर राजाले ‘चान्सलर मेजर’को पद्वी लिने र अन्त्यमा हवाई पुगेर भ्रमण टुंग्याउने कार्यक्रम निश्चित भयो।
अमेरिकाको चुनिएका राष्ट्रपतिको निमन्त्रणामा पञ्चायती व्यवस्था अन्तर्गतको राजाको भ्रमणभन्दा माथि र विशिष्ट तहको अरू भ्रमण हुँदैन भन्ने मेरो मनमा थियो। भ्रमणका क्रममा राजालाई कसले ‘रििसभ’ गर्ने भन्ने पहिलो प्रश्न आयो। कुनै पनि एयरपोर्टमा विशिष्ट कक्ष छैनन्। र, धेरै भेदभाव गर्ने प्रचलन पनि अमेरिकामा छैन। राष्ट्रपतिलाई ह्वाइट हाउसबाट एयरपोर्टसम्म लैजान जुन हेलिकप्टर प्रयोग गरन्िछ, राजा वीरेन्द्र एयरपोर्टमा उत्रिँदा उनलाई रििसभ गर्न पनि त्यही हेलिकप्टर प्रयोग भयो। बाटो खाली गरेर सर्वसाधारणलाई सास्ती दिई सवारी चलाउँदा जनता आक्रोशित हुन्छन् भन्ने अभिप्रायले राष्ट्रपति पनि सोही हेलिकप्टरबाट एयरपोर्टसम्म पुग्दा रहेछन्। त्यही हेलिकप्टरले राजालाई पनि एयरपोर्टबाट वासिङ्टन मोनुमेन्टमा ल्यायो र विदेशमन्त्री जर्ज सुल्जले रििसभ गरे। साथै, हेलिकप्टरमा वासिङ्टन डीसी आइसकेपछि विदेशमन्त्रीले ‘कारगेड’मा राजा बस्ने होटल म्याडिसनसम्म पुर्‍याउने बन्दोबस्त मिलाइएको थियो। ह्वाइट हाउसअगाडि रहेको अतिथि घर ब्लेयर हाउस त्यसबेला मर्मतसम्भारमा रहेकाले राजालाई होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो। विदेशमन्त्री आफैँ आएर राजाको स्वागत गरे र सँगसँगै होटलसम्म पुगेर कुराकानी गरी फर्किए। राष्ट्रपतिसँग औपचारकि भेटघाटको दिन ७ डिसेम्बरलाई तोकिएको थियो।

Leave A Reply

Your email address will not be published.