कलंकीको अण्डरपास सञ्चालन आजबाट बन्द हुने

0

काठमाडौं । सन्चालन भएको एक साता नबित्दै कलंकीको अण्डरपास सञ्चालन आज बुधबार बिहानदेखि बन्द भएको छ । निर्माण पुरा नभएकाारण बन्द गर्नुपरेको चक्रपथ सुधार आयोजना समितिले बताएको छ ।

कलंकी ट्रफिक प्रहरी निरीक्षक विमल थापाका अनु्सार केही दिन अघि सन्चाल गरएको यो अण्डरपास परिक्षणकालागि सन्चालन गरिएको थियो । अब केही दिनमा निर्माण सम्पन्न गरेपछि मात्र निरन्तर सन्चालन गरिने थापाले बताएका छन् ।

भदौ १ गते बिहीबारदेखि अण्डरपास सञ्चालनमा आएको थियो ।

Leave A Reply

Your email address will not be published.